२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१४ कात्तिक, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार भने मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ ।

 महासंघका अनुसार आज छापावाल सुन तोलामा २ लाख ३९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार ११:०२