मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने
१४ कात्तिक, काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा बोलाएको हो । कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मंसिर ६ गते धरानमा रहेको सुनसरी उद्योग वाणिज्य संघमा २० औं सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश(कर समेत) वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रु १ लाख भन्दा बढिको खर्च अनुमोदन गर्ने, आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ कात्तिक २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै बैंककाे प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १०:२९












