२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

काठमाडौँका अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१४ कात्तिक, काठमाडौं । काठमाडौँका अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिनको समय दिइएको छ। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै सात दिनभित्र संरचना हटाउन निर्देशन दिएका हुन्।

महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिइएको हो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने चेतावनी समेत दिइएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १०:०३