१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

व्यक्तिको आवश्यकता र संटकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सन्छः रामकुमारी झाँक्री

१४ कात्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको नेता रामकुमारी झाँक्रीले व्यक्तिको आवश्यकता र संटकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताउनुभएको छ । शुक्रबार फेसबुक मार्फत पार्टी भित्रको अन्तरकलहका सन्दर्भमा टिप्पणी गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संटकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुर्याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहि होईन।’

उहाँले माधवकुमार नेपालले झण्डै एक सय जना केन्द्रीय सदस्य मनोनित गरेर पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई बुझाउने तयारी गरिरहेको सयमा झाँक्रीले पनि त्यसमा असहति रहेको संकेत गर्नुभएको हो ।

प्रकाशित मिति : October 31, 2025 at 9:56 am