१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

१४  कात्तिक काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य २ हजार २१ रुपैयाँ ८८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो।  बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २ हजार ३१० रुपैयाँमा रहेको थियो ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य १ हजार ४५८ रुपैयाँ ३३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो।  बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : October 31, 2025 at 9:14 am