चितवनमा दुईवटा बस र एउटा ट्रक ठोक्किदा ३३ जना घाइते (विवरणसहित)
१४ कात्तिक, चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौरबाट काठमाण्डौतर्फ आउंदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन नामको यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाण्डौतर्फ आउंदै गरेको बा .प्र.०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष नामको यात्रुबाहक बस समेत ठोक्किएको हो ।
सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कामण्डमा उद्दारका लागि गएको सुरक्षा फौजले सबै सवारी साधन घट्ना स्थलमा नै साईड लगाएर बाटो सुचारु गराएको छ भने बा.प्र.०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष नामको बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका-४ बस्ने बर्ष ४३ को कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
घाईतेहरुको विवरण।
क) चितवन मेडिकल कलेजमा रहेका घाइतेहरु
१. उदयपुर जिल्ला त्रियुगा नगरपालिका- १० बस्ने बर्ष २० को सार्थक बाबु श्रेष्ठको बाया खुट्टामा चोट, अवस्था मध्यम(डल्फिन)
२. धनुषा जिल्ला जनकपुर उपमहानगर पालिका -१७ बस्ने बर्ष ३९ को सदाकत मिया को टाउको मा चोट , अवस्था मध्यम (रुद्राक्ष)
३.सोही ठाउँ बस्ने बर्ष ५२ को नरेन्द्र शाह को टाउकोमा चोट(रुद्राक्ष )
४. रौतहट जिल्ला गौर नगरपालिका- ५ बस्ने बर्ष ४१ को मुकेश कुमार केसरि को बाया खुट्टा र टाउकोमा चोट(डल्फिन)
५.धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका- ७ बस्ने बर्ष १७ को समिर अन्सारि को बायाँ खुट्टा र बायाँ हातमा चोट(रुद्राक्ष )
६. महोत्तरी जिल्ला पिपरा गाउपालिका- १ बस्ने गितादेवि यादव को निधारमा चोट (रुद्राक्ष )
७. रौतहट जिल्ला राजदेवि नगरपालिका- १ बस्ने कुष्ण कमार साह को अनुहार मा चोट, मध्यम(डल्फिन)
८. धनुषा जिल्ला जनकपुर उपमानगरपालिका- १ बस्ने बर्ष ४६ को बसन्त झा खुट्टामा चोट , अबस्था सामान्य ( रुद्राक्ष )
९. धनुषा जिल्ला जनकपर उपमहानगरपालिका- ४ वस्ने बर्ष ४९ को मुकेश लाल कर्ण , अवस्था सामान्य
१०. सोही ठाउँ बस्ने बर्ष ३४ कि अन्जु कर्ण , अवस्था सामान्य
११. सोही ठाउँ बस्ने आरुष कर्ण(बर्ष नखुलेको ) अवस्था सामान्य ( रुद्राक्ष )
१२. महोत्तरी जिल्ला पिपरा गाउंपालिका -१ बस्ने बर्ष ३७ को राम श्रेष्ठ , अवस्था सामान्य ( डल्फिन )
१३. रौतहट जिल्ला राजदेवि नगरपालिका- १ बस्ने बर्ष २० को अनिकेत कुमार साह( डल्फिन )
१४ . रौतहट जिल्ला बृन्दावन नगरपालिका- ३ बस्ने बर्ष ११ को आरभ मिश्र टाउको मा चोट , अवस्था मध्यम (डल्फिन)
१५. धनुषा जिल्ला लक्ष्मिमिया गाउँ पालिका- ४ बस्ने बर्ष १९ कि बिध्या चौधरि , अवस्था मध्यम ( रुद्राक्ष )
ख) नेशनल सिटि अस्पताल भरतपुरमा रहेका घाईतेहरु
१.बा.प्र.०३-००१ख ३९०२ (रुद्राक्ष) बसमा सवार धनुषा जिल्ला जलेश्वर नगरपालिका -५ बस्ने बर्ष २० को आदित्य कुमार सिंह, अवस्था सामान्य ।
२. सोही ठाउँ बस्ने बर्ष ४३ की रेखा सिंह, अवस्था सामान्य ।
३. सोही ठाउँ बस्ने बर्ष २१ की अञ्जली सिंह, अवस्था सामान्य ।
४. प्रदेश३-०३-००१ख ०१२३ नम्बरको बसमा सवार भारत मोतिहारी बस्ने बर्ष ३२ को सुनिल प्रसाद,अवस्था सामान्य ।
५. भारत मोतिहारी बस्ने बर्ष २५ की सुभद्रा कुमारी चौधरी , अवस्था सामान्य ।
६. भारत मोतिहारी बस्ने बर्ष ७ की पृया जैशवाल, अवस्था सामान्य ।
७. भारत मोतिहारी बस्ने बर्ष ४ की कृती जैशवाल, अवस्था सामान्य ।
८.धनुषा जिल्ला जनकपुर उपमहानगर पालिका -८ बस्ने बर्ष २८ को आलोक कुमार राउत, अवस्था सामान्य ।
९.रौतहट जिल्ला राजदेवी नगरपालिका-२ बस्ने बर्ष २१ को मोनु कुमार महतो , अवस्था सामान्य ।
१०.रौतहट जिल्ला गौर नगरपालिका -९ बस्ने बर्ष ६६ की गम्भिरादेवी ठाकुर, अवस्था सामान्य ।
११. रौतहट जिल्ला गरुडा नगरपालिका -७ बस्ने बर्ष ५० को बिजय साह, अवस्था सामान्य ।
१२. सोही ठाउँ बस्ने बर्ष ४० की उर्मिला कुमारी साह,अवस्था सामान्य ।
१३. रौतहट जिल्ला बृन्दावन नगरपालिका -३ बस्ने बर्ष ६२ की सुनितादेवी मिश्रा, अवस्था मध्यम ।
ग) भरतपुर सरकारी अस्पतालमा रहेका घाईतेहरु
१.रौतहट जिल्ला दुर्गावती गाउंपालिका-२ बस्ने बर्ष ३० को राजकिशोर दास, अवस्था सामान्य ।
२. रौतहट जिल्ला दुर्गावती गाउंपालिका-२ बस्ने बर्ष २५ को राजु दास, अवस्था सामान्य ।
३. भारत मोतिहारी बस्ने बर्ष २२ को महमद साहेब, अवस्था सामान्य ।
४.रौतहट जिल्ला माधवनारायण नगरपालिका -५ बस्ने बर्ष १९ को रोशी कुमार साह, अवस्था सामान्य ।
५.धनुषा जिल्ला लक्ष्मीनिया गाउंपालिका -४ बस्ने बर्ष १९ की दिब्या चौधरी,अवस्था मध्यम ।
जम्मा घाईते:-३३ जना
मध्यम:-८
सामान्य:-२५
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार ०७:०७












