२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१३ कात्तिक, काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ। यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे ।

कम्पनीको सेयरले पहिलो कारोबारका लागि १००.५९ रुपैयाँदेखि अधिकतम ३०१.७७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आव २०८०/०१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.५९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १६:५०