१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

२६०० अंकमा सेयर बजार, साढे ७ अर्ब बढीको कारोबार

१३ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३४.२२ अंकले बढेर २६००.३८ को विन्दुमा बन्द भएको छ ।

 बिहीबार ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । बिहिबार २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहन पुगेको छ ।

हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशत बढ्यो । बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ तथा व्यापार ०.८८ प्रतिशत बढे ।

यस दिन हिमालयन बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ६६ करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।  बिहीबार गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाएको  हो ।

प्रकाशित मिति : October 30, 2025 at 3:29 pm