२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१३ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३४.२२ अंकले बढेर २६००.३८ को विन्दुमा बन्द भएको छ ।

 बिहीबार ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन हिमालयन बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ६६ करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ३७ करोड ६० लाख ४ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड १० लाख ३७ हजार रुपैयाँ, सहास उर्जा लिमिटेडको २० करोड ६० लाख २० हजार रुपैयाँ, बुटवल पावर कम्पनीको २० करोड १४ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : October 30, 2025 at 3:20 pm