दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, यी हुन सर्वाधिक बढ्ने कम्पनी
१३ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३४.२२ अंकले बढेर २६००.३८ को विन्दुमा बन्द भएको छ ।
बिहीबार ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहीबार गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १५:१५












