२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

१३ कात्तिक, काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि सेयर बिक्रीमा राखेको हो ।

बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, निर्धारित समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १०:२४