९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

छुट्ला है ! ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ कात्तिक, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज ग्लोबल आइएमई बैंक, मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

यी कम्पनीहरुमध्ये मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्तले कात्तिक १४ गते र ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुक क्लोज गर्दैछन् । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै यी कम्पनीकाे प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले कात्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यस्तै मुक्तिनाथ कृषि कम्पनीले गत आवका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव पारित गर्न कात्तिक २९ गते काठमाडाैंकाे गैरीधारामा रहेको सिल्भर वक ब्याङक्वेट एण्ड एभेन्ट्स सेन्टरमा बिहान साढे ११ बजे साधारण सभा बाेलाएकाे छ ।

गुराँस लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद घोषणा गरेको छ । कम्पनीको १० औं साधारण सभा कात्तिक २३ गते धनकुटाको हिलेमा रहेको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि आयोजना हुँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार ०९:२१