दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१२ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ५.१७ अंक घटेर २५६६.१६ विन्दुमा झरेको छ। यस दिन ३२१ कम्पनीकाे ५० हजार ४८७ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १५ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन खानीखोला हाइड्रोपावार र उपकार लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १५:३८













