२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

गोजीमा दाम छैन १० करोड भ्युज पार गर्न सफल

१२ कात्तिक, काठमाडौं । चलचित्र ‘चंगा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड भ्युज पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले आज १० करोड भ्युजको ऐतिहासिक कीर्तिमान बनाएको हो।

माधव वाग्लेले निर्माण गरेको चलचित्र ‘चंगा चेट’ को यस गीतमा संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको छ। राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीले स्वर दिएका गीतमा हरिहर तिमल्सिनाको शब्द छ।

‘गोजीमा दाम छैन’ को भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रबिन्द्र झा र सुरक्षा पन्त फिचर छन्। भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने निरज कंडेलले डीओपीका रूपमा काम गरेका छन्। चलचित्रको सम्पादन दिर्घ खड्काले र निर्देशन दीपेन्द्र के. खनालले गरेका हुन्। ‘गोजीमा दाम छैन’ ले नेपाली गीत–संगीतको डिजिटल इतिहासमा अर्को नयाँ अध्याय लेखेको छ।

प्रकाशित मिति : October 29, 2025 at 11:40 am