फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१२ कात्तिक, काठमाडौं। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको हो ।
प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ११:१२












