१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

प्रभु महालक्ष्मी लाइफको १ लाख कित्ता सेयर बिक्रीमा

१२ कात्तिक, काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना जारी भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, निर्धारित समयभित्र सेयर खरिदका लागि  कुनै पनिआवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १०:१०