२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री गरिने

१२ कात्तिक, काठमाडौं ।सिटि होटल लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले निष्कासन गरेको ८० प्रतिशत हकप्रद सेयर कात्तिक ११ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ः०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ४९ हजार १८५ जना सेयरधनीहरूलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको कम्पनीले जनाएको छ।

कुल निष्कासन गरिएको हकप्रदमध्ये २१ लाख ५० हजार ४१८ कित्ता सेयर भने अवितरित रहेको छ । आफ्नो कायम हकभन्दा बढी सेयर माग राखि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रद सेयर बापतको रकम कात्तिक १२ गतेदेखि आईपीएसमार्फत आवेदकहरुको बैंक खातामा जम्मा गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । साथै, उक्त अवितरित सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरिनेछ।

प्रकाशित मिति : October 29, 2025 at 9:55 am