२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित हुँदै

१२ कात्तिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारण सभा आज बस्दै छ । बैंकको ३१ औं वार्षिक साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आयोजना हुन लागेको हो ।

सभामा बैंकको हाल कायम चुक्तापूँजीको १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ । यस्तै सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, वित्तीय विववरणहरु तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल भई पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले गत असोज २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसको अर्थ असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ०९:३९