देशभरका अदालतमा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने तयारीमा सर्वोच्च अदालत
११ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ । गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक (फूल कोर्ट) को बैठकले प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो ।
अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले केही दिनमा प्रहरीमा जाहेरी दिने तयारी रहेकाे बताउनुभयाे ।
प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १६:५६












