१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेप्सेमा उच्च अंकको सुधार, कारोबार रकममा पनि वृद्धि

११ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ को बिन्दुमा बन्द भएको छ ।

आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो । मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लाएको हो ।

हिमालयन पावर पार्टनरको सेयरमूल्य यस दिन सर्वाधिक ६.३६ प्रतिशत घटेको छ। मंगलबार हिमालयन पावर पार्टनरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज २४ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १५:१९