२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

हिमालयन पावर पार्टनरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

११ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ को बिन्दुमा बन्द भएको छ ।

आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो । मंगलबार हिमालयन पावर पार्टनरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज २४ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज युनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँ, राधि जलविद्युत कम्पनीको २१ करोड ९८ लाख रुपैयाँ, बुटवल पावर कम्पनीकोे १९ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १५:१२