२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

गोर्खाज फाइनान्सकी सञ्चालक नीलम बोहराले दिइन् राजीनामा

११ कात्तिक, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिकी सदस्य नीलम बोहराले राजीनामा दिएकी छन्। सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिकी सदस्य रहेकी बोहराले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन्।

उनको राजीनामा आज (कात्तिक ११ गते मंगलबार) बिहान बसेको सञ्चालक समितिको बैठकले आजैका दिनदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ११:११