सुनको मूल्यमा निरन्तर गिरावट, मंगलबार कतिमा हुँदैछ कारोबार ?
११ कात्तिक, काठमाडौं । नेपाली बजारमा निरन्तर सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घट्दै प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ११:०३












