२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा

१० कात्तिक, काठमाडौं । प्रप्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरीमा पुगेर छठीमाईको पूजा गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा आराधना गर्नुभएको हो ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १७:३२