अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?
१० कात्तिक, काठमाडौं । अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
संघले अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाउने जनाएको छ । योसँगै अब ठूलो अण्डाको प्रतिक्रेटको मूल्य ५०० रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ४५० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १४:१०












