१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

मकवानपुरमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

१० कात्तिक, काठमाडौं । मकवानपुरमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो ।

ग्यास बुलेटकाे ठक्करबाट मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका-५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । साथै, उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ भने घाइते भएका छन् । उनीहरूकाे चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको अवस्था गम्भीर रहेको र प्रवीनको अवस्था भने सामान्य रहेको  जनाएकाे छ । ग्यास बुलेट र चालक भारत बिहार घर भएका मोहमद मतिनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १३:१६