११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मातृभूमि लघुवित्तको संस्थापक सेयर बिक्रीमा

१० कात्तिक, काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार २६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र कैलालीस्थित कम्पनीको केन्द्रीय कार्यालय वा बुढानीलकण्ठस्थित कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै, तोकिएको समयावधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १२:१९