१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

सामाजिक सुरक्षा कार्यक्रमले रोजगारदाता र कामदार दुवैलाई राहत पुग्छः मन्त्री विष्ट

१४ माघ, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रमले रोजगारदाता र कामदार दुवैलाई राहत पुग्ने बताएका छन् । सोमबार रोजगारदातालाई प्रमाणपत्र वितरण गर्दै  उनले भने ‘सबै यस कार्यक्रममा आउनै पर्छ तर तपाईहरुले बाटो देखाउनु भएकोमा खुसी लागेको छ ।’

मन्त्री विष्टले औपचारिक क्षेत्रका श्रमिकलाई पहिलो चरणमा सुरक्षा कार्यक्रम लागू गरिने र त्यसपछि स्वरोजगार र अनौपचारिक क्षेत्रमा पनि लागू गर्ने जानकारी दिए । मन्त्री विष्टले रोजगारदाता, उद्योग तथा वाणिज्यका नेता एवम् श्रमिकका नेताहरुसँग छलफल गरी प्रभावकारी ढंगले सुरक्षा कार्यक्रम लागू गरिने बताए।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम नौलो र चुनौतीपूर्ण भएकाले थप मेहनत आवश्यक भएको स्पष्ट पारे । ‘यस कार्यक्रम पूर्णरुपमा कार्यन्वयन गर्न यथोचित ध्यान दिइने छ’ उनले भने ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार ००:०१