२२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025

जीवन विकास लघुवित्तको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

१० कात्तिक, काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ ताेकिएकाे छ । हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर मोरङ्गस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नु पर्नेछ । आशयपत्र प्राप्त भएपछि खरीदकर्ता र बिक्रेताको आपसी समझदारी मार्फत् सेयर खरीद–बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १०:२९