१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने

१० कात्तिक, काठमाडाैं । अस्ताउँदो सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । त्यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ ।

पहिलो दिन अर्थात कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत बसी बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ । यस्तै अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइन्छ ।

यस दिन नदी, तलाउ र जलाशयमा पूजा गर्नेको भिडभाड हुने गर्छ । आज छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज देशभरका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) पनि बन्द रहनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार ०९:२५