२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डिसीईओमा दीपक कुमार धूत नियुक्त

९ कात्तिक, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपक कुमार धूत नियुक्त हुनुभएकाे छ । असोज २८ गते बसेको कम्पनी सञ्चालक समितिको ४२ औँ बैठकले धूतलाई डिसीईओ नियुक्त गरेको हो ।

निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १७:०८