जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
९ कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले जेनजी आन्दोलनमा घाइते तथा प्रभावित व्यक्तिहरुलाई मनोपरामर्श सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ । मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् । नवनियुक्त मन्त्री गौतमले आज शीतल निवासमा शपथ ग्रहण गर्दै कार्यभार सम्हाल्नुभएको हो ।
उहाँलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १६:५८










