आज २ जना मन्त्रीको मात्रै शपथ हुने
९ कात्तिक, काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीका लागि सिफारिस गर्नुभएकाे चार जना मन्त्रीमध्ये दुई जनाको मात्रै आज शपथ हुने भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेपछि मन्त्रीहरूको शपथ हुन लागेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस हुनुभएकाे थियाे। उहाँहरू दुई जनाको मात्रै आज शपथ हुने जनाएको छ।
प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १४:३२












