नेप्से परिसरमा कर्मचारीको विरोध प्रदर्शन, अध्यक्ष र सीईओको राजीनामा माग
९ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीले ३४ औं दिनदेखि आन्दोलनलाई निरन्तरता दिएका छन् । तिहारअघिसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका कर्मचारीले आइतबार भने परिसरमै ब्यानरसहित उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले अध्यक्ष हेमन्त बस्याल, सीईओ चुडामणि चापागाईंको राजीनामा माग गर्दै आइतबार पनि कार्यालयमा प्रदर्शन गरेका हुन् । बोनस विवादकै कारण गत असोज ७ गतेदेखि नेप्सेका कर्मचारी आन्दोलनमा छन् ।
प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १३:०८












