२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

जेनजी आन्दोलनपछि हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि बन्द गरिएको छ।

होटलले जारी गरेको सूचना अनुसार भदौ २३ र २४ गते आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनी हुँदा संरचना र उपकरणमा ठूलो क्षति पुगेको हो।

सुरक्षा जोखिम र मर्मत–पुनर्निर्माणको आवश्यकता देखिएकाले होटलको सम्पूर्ण व्यवसायिक सेवा बन्द गरिएको होटलले जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १२:३१