९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

९ कात्तिक, काठमाडौं । तिहार बिदा पछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०.४० अंकले घटेर २५०३.४४ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा २८ स्टकको ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँ ८० पैसाबराबरको २५ हजार ८१२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १०:५९