२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

५ कात्तिक, राैतहट । रौतहटमा गुडिरहेको बसमा आगलागी भएको छ। राैतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक बुधबार बिहान सवा सात बजेतिर बागमती प्रदेश-२-०३-००१ ख ५५५५ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट तिहारका यात्रु लिएर चन्द्रपुरतिर आउँदै गरेको बसमा ब्याट्रीको तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिनुभयो । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति नभए पनि आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट भएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार १०:१९