२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

विद्या भण्डारीको घरमा आगो लगाउने केपी ओलीको कार्यकर्ता पक्राउ

४ कात्तिक, काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीको काठमाडाैँको भंगालस्थित घरमा आगो लगाउने तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता पक्राउ परेका छन । पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने राष्ट्रिय युवा संघका नेता सोनम थेवे रहेका छन ।

युवा संघ एमालेका अध्यक्ष ओलीले सिधै चलाउने संगठन हो । ओली अहिले संघकै सुरक्षा व्यवस्थापनमा भक्तपुरको गुण्डुमा बस्दै आउनुभएको छ । थेवे स्वयं रामवाग महलमा भएको एमाले केन्द्रीय समितिको बैठकमा ओलीको सुरक्षामा देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थेवे विगतमा पनि विभिन्न अवस्थामा प्रहरी हिरासतमा पुग्ने र एमाले र युवासंघकै नेताहरूले जिम्मा लिएर आउने गरेका परिचित पात्र हुन । उनस् पछिल्लो समय एमालेका युवा नेता मिलन गुरूङ (चक्रे मिलन)को समूहमा क्रियाशिल छन । युवा संघका चक्रेका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

dainiki.com

गत भदौ २३ र २४ गतेको ‘जेन(जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा थेबे आइतबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थेवे चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय रहेको र २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको पाइएको जनाएको छ ।

थेवेलाइ प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगेको अभियोगमा ५ भदौ २०८२ मा पनि पक्राउ परेको थियो । तर एमाले र युवा संघका नेताहरूको दबाबमा यो विषय अघि बढ्न सकेन । एमाले कार्यक्रममा युवाहरू सहभागी गराउन उनले पनि विशेष योगदान गर्दै आएका थिए ।

एमालेले कारबाही गरेका डा भीमबहादुर रावलको घर जलाउन पनि एमालेकै कार्यकर्ता पुगेको प्रत्यक्षदर्शीले बताएका थिए । नेकपा एमालेको नुवाकोटको कार्यालय अगजानी गर्नेमा अनेरास्ववियुकै कार्यकर्ता अंग्रपंक्तिमा देखिएका थिए भने एमाले मुख्यालय तोडफोड र आगजनीमा एमालेका पूर्व नेता प्रभु शाहको छोरा नै सहभागी भएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार २२:४८