हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने एक जना पुर्पक्षका लागि थुनामा
४ कात्तिक, काठमाडाैं । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
जिल्ला अदालत ललितपुरले १८ वर्षीय सेराज आलमलाई पुर्पक्षको लागि थुनामा पठाएको प्रहरीले जनाएकाे छ । उनीसहित चार जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालय ललितपुरले डाँका तथा चोरी मुद्दा दायर गरेको थियो।
त्यसमध्ये भारतीय नागरिक आलमलाई थुनामा पठाउन आदेश भएको थियो। अन्य तीन जनालाई धरौटीमा छाडिएको थियो। काभ्रेका फर्साङ लामा, बाराका सहजाद मिया मन्सुरी र रौतहटका मनिष सुनारसँग धरौटी माग भएकाे थियाे । शाक्यको घरबाट १ सय २ अमेरिकी डलर, ५० फिलिपिन्स पेसो, रूबी जडित सुनको माला, लगायत १० लाख ८४ हजार रुपैयाँ बराबरको चोरी भएको थियो।
प्रकाशित मिति : 17:04









