२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा अध्यक्ष दाहालद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

१४ माघ, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीलाई बधाई दिनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले नेपाली टोलीले ऐतिहासिक जीत हासिल गरेकामा खुसी व्यक्त गर्नुभएको छ । वक्तव्यमा अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाललाई पहिलो अन्तर्र्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवं बधाई ज्ञापन गर्दछु ।”

फाइल तस्बीर ।

अध्यक्ष दाहालले एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकामा बधाई दिनुभएको छ । त्यस्तै उहाँले शनिबारको खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकामा बधाई दिँदै आगामी दिन अझै राम्रो प्रदर्शनका लागि प्रगतिको कामना गर्नुभएको छ । .

खेलाडी राष्ट्रका गहना मात्र नभएर अमूल्य निधि भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले खेलाडीको उचित सम्मान र प्रोत्साहनमा सिङ्गो राज्य समर्पित हुने विश्वाससमेत दिलाउनुभएको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार २३:०४