१५ पुष २०८२, मंगलवार | Wed Dec 31 2025

प्राधिकरणले काट्यो ६ ठूला उद्योगको लाइन

४ कात्तिक, काठमाडौं ।  डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले ६ उद्योगको बिजुली काटेको छ ।प्राधिकरणले मंगलबार बिहानदेखि शिवम सिमेन्ट र घोरोही सिमेन्टसहित ६ उद्योगको लाइन काटेको हो ।

हालसम्म जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पेनिङ मिल्सको लाइन काटिएको हो । प्राधिकरणले बक्यौता रकम तिर्न कात्तिक २ गतेसम्मको समय दिएको थियो । प्राधिकरणको ताकेतापछि १२ वटा उद्योगले बक्यौता रकम तिरेका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार ११:४४