पूर्वमन्त्री खड्काको प्रश्नः भाग्यो भन्न मविरूद्ध वारेन्ट जारी भएको छ ?
३ कात्तिक, काठमाडाैं । पूर्वऊर्जामन्त्री दीपक खड्काले आफूलाई विदेश भागेको भनेर सरकारले गलत प्रचार गरेको बताउनुभएकाे छ । बूढानीलकण्ठस्थित आगो लागेको आफ्नो घरको कम्पाउन्डमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले आफूविरुद्ध कुनै आरोप नलागेको भए पनि गृहमन्त्रीले भाग्यो भनेर गलत प्रचार गरेको बताउनुभयाे ।
‘सरकारले मलाई चिठी काटेको छ ? वारेन्ट जारी भएको छ ? कहिँ नजानू भनेको छ ? मेरो के रोक गरेको छ र म भागेँ भन्ने ? सरकारले त्यसो भन्न मिल्छ ? गृहमन्त्री त कानुनको विद्यार्थी पनि हो ।’ उहाँले भन्नुभएकाे छ ।
प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार ११:३८








