२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

लक्ष्मीपूजाको दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ कात्तिक, काठमाडौं । लक्ष्मी पूजाको दिन स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : 11:09