२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

एसवाई प्यालनको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

३ कात्तिक, काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असोज ७ गतेदेखि असोज २१ गतेसम्म उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ लाख ६१ हजार ६२७ कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले कात्तिक २ गते आईपीओ बाँडफाँड गरेको हो ।  निष्कासन अवधिभर रितपूवर्क आवेदन दिएकामध्ये ३ हजार ५९ जना आवेदकले कम्पनीको सेयर हात पारेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार ०९:५६