२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

७७ वटै जिल्लाका सीडीओलाई ११ विषयमा गृहमन्त्रालयको निर्देशन

२ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयहरुमा ११ फरक विषयहरूमा विभिन्न निर्देशन दिएको छ ।

मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, र आसन्न निर्वाचनको तयारीलगायतका विषयमा विशेष निर्देशन दिएको हो ।

गृहसचिव स्तरीय निर्णयअनुसार जारी गरिएको निर्देशनमा आम नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन जोड दिइएको छ।

 

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १७:५५