१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

अरूको सक्नुहुन्न भने मेरो सम्पत्ति छानबिन गरिदिनुस्ः केपी ओली

२ कात्तिक, काठमाडौँ । पूर्वप्रधानन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार र सम्पादकहरूलाई आफ्नो सम्पत्तिको छानबिन गर्न खुला चुनौती दिनुभएकाे छ ।

आइतबार सम्पादकहरूसँगको छलफलमा उहाँले आफू छानबिनका लागि पूर्ण रूपमा तयार रहेको भन्दै विशेष टोली बनाएर प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएकाे हाे ।

‘एउटा टोली बनाऔँ, मेरो सम्पत्ति छानबिन गरिदिनुस्,’ ओलीले भन्नुभयाे, ‘सबैको गर्न सकिँदैन भने पनि कम्तीमा केपी ओलीको त गरिदिनुस्। छानबिन माग गर्नेहरूको पनि गरौँ, ब्ल्याकमेल गर्नेहरूको पनि गरौं-कसको गर्ने हो, सँगै तय गरौँ। देश केवल मेरो होइन।’

छानबिनको माग गर्नेहरू आफैँ पनि छानबिनको दायरामा पर्नुपर्छ भन्ने उहाँको धारणा छ। उहाँले भन्नुभयाे, ‘केपी ओलीसँग मात्र हिम्मत देखाएर के गर्नु? अरूलाई पनि नडराई सामना गर्नुस्।’

प्रकाशित मिति : October 19, 2025 at 4:09 pm