२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

सुशीला कार्कीले शपथ नलिँदासम्म मेरो मोबाइल सेनाको कब्जामा थियोः केपी ओली

२ कात्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिनुभन्दा अघिसम्म आफ्नो मोबाइल सेनाको कब्जामा रहेको बताउनुभएको छ ।

आइतबार सम्पादकहरूसँको छलफलका क्रममा ओलीले आफू नेपाली सेनाको सुरक्षामा रहेको र प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मोबाइल हात पारेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ,’ उहाँले थप्नुभयो, ‘मोबाइल सिज गरिएको थियो । म लोकतन्त्र, लोकतन्त्रको प्रणाली र त्यसमा विश्वास गर्ने व्यक्ति हुँ ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:४६