कसैले बनाएको आयोगमा लुरुलुरु बयान दिन जान्नँः केपी ओली
२ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा बयान दिन नजाने बताउनुभएको छ । आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा ओलीले आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने बताउनुभएको हो ।
‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?,’ ओलीले भन्नुभएकाे छ, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’
प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:३६










