१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

१६.६७ अंकले बढ्यो सेयर बजार, २ अर्ब ७९ करोडको कारोबार

२ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से १६.६७ अंकले बढेर २५०३.८५ को बिन्दुमा बन्द भएको छ । आइतबार ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ८ को स्थिर रहेकाे छ । आज विकास बैंक समूह शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १३ र निर्जीवन बिमा समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य दशमलव ८७, वित्त शून्य दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ७०, लगानी शून्य दशमलव ७५, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९०, लघुवित्त शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ९० र अन्य समूह एक दशमलव १६ प्रतिशतले बढेको छ ।

यस दिन आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन नेपाल रिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यसदिन २८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:३०