२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीको मूल्य बढ्यो

२ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से १६.६७ अंकले बढेर २५०३.८५ को बिन्दुमा बन्द भएको छ । आइतबार ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेकाे छ ।  त्यसैगरी, यस दिन हिमालयन पावर पार्टनरको सेयरमूल्य ९.८९ प्रतिशत, भगवती हाइड्रोपावरको सेयरमूल्य ९.८८ प्रतिशत र एशियन हाइड्रोपावरको सेयरमूल्य ७.८० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:२४